गर्भवतीको शंकास्पद मृ’त्यु : श्रीमान र ससुरा प’क्राउ

admin

जाजरकोट : जिल्लाको बारेकोट ६ ताँसीकी २२ वर्षीया जेनिसा नेपालीको शंकास्पद मृ’त्यु भएपछि श्रीमान र ससुरालाई प्र’हरीले प’क्राउ गरेको छ। घटनाबारे अनुसन्धानका लागि प्रहरीले मृ’तकका श्रीमान बारेकोट-६ ताँसी निवासी २४ वर्षीया अविनास विक र ६० वर्षीया ससुरा दलवीर कामीलाई प’क्राउ गरेको हो।

गत २७ वैशाखमा जेनिसाको शंकास्पद मृ’त्यु भएपछि मृतकका माइतीले ह’त्या गरिएको भन्दै उनीहरुसहित घरपरिवारका पाँच जनाको नाममा किटानी जाहेरी गरेका थिए। माइती पक्षले घरपरिवारले नै ह’त्या गरेको किटानीसहित कर्तव्य ज्यान मुद्दाका लागि जिल्ला प्र’हरी कार्यालयमा जाहेरी दिएका छन्। किटानी जाहेरी दिएका सासु रतनकली विक, आमाजु दिदी दुर्गा विकर नन्द विपना विक भने प’क्राउ परेकी छैनन्।

कुशे ६ नारे माइती घर भएकी नेपालीको २०७२ मंसिरमा बारेकोट ६ ताँसीका अविनास विकसँग विवाह भएको थियो। कुनै बिरामी नभएकी जेनिसाको पेट दुखेर एक्कासीे मृ’त्यु भयो भनिए पनि जेनिसाको शरीरमा निलडाम भएको, मुख र नाकबाट रगत बगेको, कन्चटमा निलो दाग रहेको लगायतका कारण यो कालगति र कुनै रोगले भन्दा घरपरिवारले नै हत्या गरेको मृ’तकका दाइ प्रविण नेपालीले बताए।

बुधबार जाहेरी लिन नमानेको प्र’हरीले शुक्रबार मात्र जाहेरी दर्ता गराएर अनुसन्धान अघि बढाएको छ। घटनाबारे अनुसन्धान भइरहेको र दुई जनालाई प’क्राउ गरिएको प्र’हरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताए।

प्रतिक्रिया