ट्र्याक्टरबाट खसेर एक जनाको मृ’त्यु

राष्ट्रिय समाचार समिति

दमौली, ३ जेठ:डुम्रे वेंशीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा ट्र्याक्टरबाट खसेर आज एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सोही नपा वडा नं १ भन्सार बस्ने १८ वर्षीय नवीन परियार रहेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

भन्सारबाट पुर्कोटतर्फ ढुङ्गा लिएर जाँदै गरेको ग१त ५५०२ नंको ट्र्याक्टरमा सवार परियारको ट्र्याक्टरबाट लडेर घा’इते भई लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । प्र’हरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया