कोरोनाकै कारण सुत्केरी महिलाको मृ’त्यु भएको होः मन्त्री दुलाल

admin

धुलिखेल अस्पतालमा मृ’त्यु भएको बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएको छ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ती महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको बताए ।


उनका अनुसार सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ । सम्बन्धित ठाउँमा भोलि विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गरिनेछ ।

यद्यपि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार साँझको पत्रकार सम्मेलनमा महिलाको मृत्युबारे अध्ययन भइरहेको बताएका थिए ।

प्रतिक्रिया