ह’त्या गरी श’व बारीमा गाडेको अभियोगमा चार प’क्राउ

राष्ट्रिय समाचार समिति

कास्की, ३ जेठ: पोखरा महानगरपालिका–१४ समिनतारा बस्ने वर्ष २२ का विमल रानाभाटको एक महिनाअघि घनले हानेर ह’त्या गरी श’व गाडेको अभियोगमा प्र’हरीले चार जनालाई प’क्राउ गरेको छ ।

सोही स्थान बस्ने वर्ष २१ का ज्ञानबहादुर परियारले रानाभाटलाई घनले हानी ह’त्या गरी आफ्नै घर पछाडिको बारीको डिलमा गाडेको भन्ने सूचनाका आधारमा प्र’हरीले उनीसहित वर्ष १८ का सञ्जय दर्जी, वर्ष १८ का कुमार परियार र बागलुङ गलकोट घर भई हाल पोखरा–१४ बस्ने सागर परियारलाई प’क्राउ गरेको प्रदेश प्र’हरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

प’क्राउ परेकाबाट श’व गाडिएको भन्ने सूचनाका आधारमा जिल्ला प्र’हरी कार्यालय कास्कीबाट प्र’हरी उपरीक्षक दानबहादुर कार्कीको कमाण्डमा प्र’हरी टोली खटिइ गएको थियो । प्र’हरीले सोही स्थानबाट श’व उत्खनन गरेको र श’व सडेको अवस्थामा फेला परेको बताउँदै घ’टनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया