दशगजामा सालक छाडेर भागे तस्कर

राष्ट्रिय समाचार समिति

झापा: झापाको कचनकबलस्थित भारतीय सीमा क्षेत्रको दशगजामा तस्करी हुन लागेका अवस्थामा नेपाल प्र’हरीको गस्तीले संरक्षित वन्यजन्तुको सूचीमा रहेको एउटा सालकको उद्धार गरेको छ ।

कचनकबल गाउँपालिका वडा नं ५ स्थित ११२ र ११३ सीमास्तम्भबीचमा प्लास्टिकको बोरामा पोको पारेर फालिएको अवस्थामा जिउँदो सालक फेला परेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

शुक्रवार राति गस्ती टोलीले फेला पारेको सो सालक प्र’हरीले आज डिभिजन वन कार्यालयलाई बुझाएको कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।

रातिको मौका छोपी भारततर्फ तस्करी गर्ने गिरोह प्र’हरीको गस्ती आएपछि सालक छाडेर भागेको हुनसक्ने अनुमान गरिएको छ । बन्दाबन्दी भएयता डिभिजन वन कार्यालयले उद्धार गरेर ल्याइएका दुई मृग, एक अजिङ्गर र हुचिललाई संरक्षण गरेको जनाएको छ ।

प्रतिक्रिया