अन्तत: धुलिखेल अस्पतालमा मृ’त्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि

admin

धुलिखेल : कोरोनाभाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक एक व्यक्तिको मृ’त्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी महिला २४ गते सुत्केरी भएकी थिइन् । २५ गते अस्पतालबाट ‘डिस्चार्ज’ भएर सिधुपाल्चोक घर गएकी उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

स्वास्थ्यमा जटिल समस्या भएपश्चात् धुलिखेल अस्पताल भर्ना भएकी उनको गएको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ । उनको स्वाब धुलिखेल अस्पतालमा ‘पीसीआर’ परीक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको थियो ।

सुत्केरी महिलाको मृ’त्यु भएपछि धुलिखेल अस्पतालले आकस्मिककक्ष ‘सिल’ गरेको छ । महिलाको सम्पर्कमा आएका छजना व्यक्तिहरुलाई ‘आइसोलेसन’कक्षमा राखिएको छ ।

प्रतिक्रिया