कोरोनाबाट मृत्यु भएकी महिलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो

admin

काठमाडौं, जेठ ३ : कोरोना संक्रमणबाट मृ’त्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। सुरक्षास्रोतका अनुसार उनको विद्युतीय श’वदाह श’व जलाइएको हो ।


धुलिखेल अस्पतालमा मृ’त्यु भएकी ती महिलाको श’व एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो भने धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्र’हरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका एक सदस्य आर्यघाट पुगेका थिए ।

यस्तै महानगरीय प्रहरी बृत्त गौशालाको प्र’हरी पनि पशुपति पुगेको उच्च स्रोतले बतायो ।

प्रतिक्रिया