थप १० जनामा कोरोना संक्रमण, संक्रिमतकाे संख्या २९१ पुग्यो

admin

काठमाडौं, जेठ ४ : नेपालमा थप १० जनामा काेरोना संक्रमण देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान सार्वजनिक गरेकाे तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएकाे हाे।

राजपुर नगरपालिका फरदहवा-९ मा सात जना र इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ मा तीन जनासहित जिल्लामा एकैदिन १० नयाँ स‌क्रमित भेटिएका हुन्‌। रौतहटमा भेटिएका १० जनासहित नेपालमा कोरोना स‌ंक्रमित संख्या २९१ जना पुगेको छ।

फरहदवा र इशनाथमा भेटिएका संक्रमितहरूको स्वास्थ्यअवस्था सामान्य रहेको मन्त्रालयले जानकारी गराएको छ।

प्रतिक्रिया