३ दिन मात्र सहकारी सञ्चालन गर्न मेनेजर्स क्लवको आग्रह

admin

काभ्रे : कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेले जिल्लामा सञ्चालित सहकारीलाई हप्तामा ३ दिन मात्र सेवा प्रदान गर्न आग्रह गरेको छ । क्लबले आफू सुरक्षित रहँदै अत्यावश्यक सेवालाई निरन्तरता दिनु पर्ने भएकाले सर्वसाधारणको सेवाका लागि तयार रहन पनि उसले आगैह गरेको छ ।

“विश्वमा तीव्र रुपमा फैलिईरहेको कोरोना भाईसर (कोभिड(१९) को संक्रमण हाल नेपालमा बढ्दो अवस्थामा देखिएकोले यस्तो अवस्थामा शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नु चुनौतिपूर्ण नै छ ।

तथापि वित्तीय सेवा अति अवश्यकीय सेवा भएको कारण संस्थामा राज्यले जारी गरेको सुरक्षा सर्तकता अपनाउदै कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरिय क्राइसिस मेनेजमेण्ट सेन्टरको निर्णय अनुसार हप्तामा ३ दिन (आईतबार, मंगलबार र शुक्रबार) सहकारी संस्थाहरु सञ्चालन गरी सेवा प्रदान गर्न आफूहरुले अनुरोध गरेको क्लबका जिल्ला अध्यक्ष मदन बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया