कालीगण्डकीमा दुई बालक बेपत्ता

राष्ट्रिय समाचार समिति

पाल्पा,४ जेठ : रामपुर नगरपालिका १० मलौटेस्थित कालीगण्डकी नदीमा पौडी खेल्दा आज दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रामपुर–१० का १० वर्षीय सुनिल भट्टराई र समीर चापागाईँ रहेको वडाध्यक्ष लीलाबहादुर गाहाले जानकारी दिनुभयो ।

हुँगी प्रहरीचौकीबाट आएका प्रहरी र स्थानीय बासिन्दाले नदी आसपासका क्षेत्रमा खोजी जारी राखेको वडाध्यक्ष गाहाले बताउनुभयो । कालीगण्डकीमा अहिले पानीको मात्रा बढेकाले खोजी गर्न समस्या रहेको बताइएको छ ।

प्रतिक्रिया