भीर माहुरीले टोक्दा एक दम्पती गम्भीर घा’इते

राष्ट्रिय समाचार समिति

पाल्पा,४ जेठ: तिनाउ गाउँपालिका–३, सरानखोलामा भीर माहुरीले टोक्दा एक दम्पती गम्भीर घा’इते भएको छ । स्थानीयवासी ६८ वर्षीय नन्दलाल र ६३ वर्षीया लक्ष्मी बस्याललाई दुई सयभन्दा बढी भीर माहुरीले घाँस काट्न जाँदा टोेकेको हो ।

वडाध्यक्ष प्रेम पाण्डेयले सो जानकारी पाउनासाथ उनीहरुलाई बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया