कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको नवजात शिशुको स्वास्थ्य सामान्य

admin

धुलिखेल : कोरोना भाइरसको संक्रमणबाट धुलिखेल अस्पतालमा मृ’त्यु भएकी महिलाको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले आज विज्ञप्ति मार्फत ११ दिने शिशुको अवस्था सामान्य रहेको बताउनुभएको हो । 

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेका महिलाको गएको बिहिबार उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । मृतक महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको डाक्टर माकजुले बताउनुभयो । 

डाक्टर माकजुका अनुसार स्वास्थ्यकर्मी र कर्मचारीहरुको घाँटीको स्वाब परीक्षण् ५ दिनपछि गरिनेछ । अस्पतालको आकस्मिक कक्षमा किटाणु रहित गर्नका लागि अस्पताल परिसर हिजो बिहान ११ बजेदेखि आज विहान ८ बजेसम्म आवतजावत बन्द गरिएपनि अहिले आकस्मिक सेवा सुचारु रहेको बताइएको छ । 

प्रतिक्रिया