नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिए

admin

काठमाडौं : थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रौतहट र बाराका गरी ९ जना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय प्रयोगशाला, टेकु काठमाण्डौमा गरिएको परीक्षणअनुसार रौतहटको इशणाथ नगरपालिकाका २१, २१, २३, २५, २५, २९ र ३० वर्षका पुरुषहरु, तथा रौतहटकै माधब नगरपालिकाकी २८ वर्षीया महिला तथा बाराको करैयामाइका ३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया