प्रेमीसँग मिलेर श्रीमती नै औषधि व्यवसायी दुलालको ह’त्या गरेको खुलासा

admin

विराटनगर : विराटनगरका औषधि व्यवसायीको ह’त्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीयदेवीप्रसाद दुलालको आइतबार बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा ह’त्या भएको थियो ।

विराटनगरमा औषधि व्यवसाय गर्दै आएका उनको ह’त्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको खुलेको छ । दुवै जनालाई प्र’हरीले प’क्राउ गरिसकेको छ ।

मोरङ प्र’हरी प्रमुख एसपी विश्व अधिकारीले औषधि व्यवसायीको ह’त्या नै भएको पुष्टि गर्दै घ’टनामा संलग्नहरुलाई प’क्राउ गरिसकिएको जानकारी दिए । उनकाल अनुसार श्रीमतीकै योजनामा घ’टना भएको देखिन्छ । सुतेका समयमा प्लाष्टिकको डोरीले घाँटी कसेर ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीको भनाइ छ । हातमा पञ्जा लगाएर डोरी प्रयोग गर्दै ह’त्या गरेको खुलेको छ ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्र’हरीले जनाएको छ । घाँ’टी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चो’ट समेत लागेको प्र’हरीको भनाइ छ ।

दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधिको डिलर सञ्चालन गर्दै आएका थिए। ओछ्यानमै बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पु¥याइएको थियो ।

अस्पताल पु¥याउनसाथ मृत घोषित गर्दै चिकित्सकले मृ’त्यु अस्वभाविक रहेको जनाएपछि घ’टनाका बारेमा अनुसन्धान थालिएको एसपी अधिकारीको भनाइ छ । अनुसन्धानबाट घ’टना ह’त्या नै हो भन्ने पुष्टि भएको जानकारी उनले दिए ।

प्रतिक्रिया