थप ४७ जनामा सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमितको संख्या ३५७ पुग्यो

admin

काठमाडौं, ५ जेठ : नेपालमा कोरोना सङ्क्रमितको संख्या तीन सय ५७ पुगेको छ । सोमबार एकैपटक ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रायका अनुसार बाँकेमा मात्रै थप ४७ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बाँकेका ४६ जना पुरुष र एक जना महिलामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, सोमबार नै मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका एक-एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार बिहान रौतहटका आठ र बाराका एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । 

प्रतिक्रिया