नागढुंगामा निर्देशक कार्कीमाथि दुर्व्यवहार गर्नेलाई पाँच दिन हिरासतमा

admin

काठमाडौं: हेटौंडास्थित बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सोमबार प्रशासन कार्यालय काठमाडौंले उनीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दीए। ‘अभद्र व्यवहारको मुद्दामा प्रशासनबाट पाँच दिनको म्याद थप भएको छ,’उनले भने।

गत शुक्रबार काठमाडौं आउँदै गरेका निर्देशक कार्कीमाथि नागढुंगामा उत्तम कार्की लगायतले दुर्व्यवहार गरेका थिए। उनी आफैंले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि विरोध भएको थियो। त्यसपछि प्रहरीले उनलाई आइतबार चन्द्रगिरिबाट नियन्त्रणमा लिएको थियो। सोमबार निर्देशक कार्की जाहेरी दर्ता गराउन परिसर पुगेका थिए।

प्रतिक्रिया