सिन्धुपाल्चोकमा कोरोनाको त्रास : रिपोर्टको प्रतिक्षामा स्थानीय

admin

काठमाडौं, जेठ ६: कोरोना संक्रमणको कारणले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ कि २९ वर्षीया महिलाको मृ’त्युपछि कोरोना परिक्षणका लागि स्वाब संकलन तिव्र पारिएको छ। मृ’त्यु भएकी सुत्केरीको गाउँमा सोमबार १ सय ३३ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए।

मृ’त्यु भएकी महिलासँग सम्पर्कमा रहेका परिवार, आफन्त, स्थानीय र स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको उनले जनाए। महिलाको मृत्युुपछि महिलाको गाउँ राम्चे र बाह्रबिसे स्वास्थ्य केन्द्रमा आसपासको स्वास्थ्य परीक्षण गरिरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए। मृ’तक महिलाको आफन्त र सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब संकलन गरिरहेका छौँ।

त्यसपछि महिलाको उपचार गराएको स्वास्थ्य केन्द्र, जनप्रतिनिधि, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको समेत स्वास्थ्य परिक्षण गर्छौं उनले भने। आइतबार पनि महिलाको प्रत्यक्ष सम्पर्कमा आएका ५६ जनाको स्वाब संकलन गरेर स्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो। तर, त्यहाको रिपोर्ट आएको छैन उनले भने, हामी त्यहि रिपोर्टको प्रतिक्षामा छौँ।

त्यसपछि स्थानीयको त्रासमा घट्नसक्छ भन्ने अपेक्षा गरेका छौँ। आइतबार पठाएको स्वाबको नतिजा मंगलबारबार सम्म आउने उनले बताए। सोमबारको संकलन भएको स्वाब पनि परीक्षणको लागि काठमाडौ पठाइसकेको उनको भनाइ छ। मृतक महिलाको परिवारको रिपोर्ट नेगेटिभ आएपछि स्थानीयको त्रासमा केहि कमि आएको छ।

प्रतिक्रिया