लोपोन्मुख तामे सालक मृ’तावस्थामा फेला

राष्ट्रिय समाचार समिति

गोरखा, ६ जेठ: गोरखाको पालुङटार नगरपालिका–१० को मिरकोटमा मृ’तावस्थामा सालक भेटिएको छ । स्थानीय देउराली सामुदायिक वनमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक मृ’तावस्थामा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिनुभयो ।

स्थानीयवासीले मृ’त सालकको खपटा देखेपछि सामुदायिक वनका पदाधिकारीलाई जानकारी गराएपछि सालक मृ’तावस्थामा भेटिएको बारे वन कार्यालयमा जानकारी आएको उहाँले बताउनुभयो ।

“मृ’तावस्थामा फेला परेको तामे सालक विश्व संरक्षणको लोपोन्मुख जनावरको सूचीमा पर्छ”, उहाँले भन्नुभयो, “घ’टनास्थलमा उपलब्ध भएको करिब १५० ग्राम खपटा सङ्कलन गरी वन कार्यालयमा प्रतिवेदन आएको छ ।”

सालक कालगतिले म’रेको उहाँले बताउनुभयो । “फेला परेको सालक पूरै सडेको र खपटामात्र बाँकी रहेको अवस्था थियो”, उहाँले भन्नुभयो । विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने पौड्यालको भनाइ छ ।

प्रतिक्रिया