भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

admin

काठमाडौं, ६ जेठ : गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस (कोभिड-१९)  संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मंगलबारसम्म संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा सोमबार एकै दिनमा १३४ कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार १६३ जना पुगेको छ । यसको संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेको छ ।

यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३९ हजार १७४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । कोरोनाबाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् ।

यहाँमात्र ३५ हजार ५८ नागरिक कोरोना संक्रमित रहेका छन् । कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार २४९ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ ११ हजार ७६० जनामा कोरोनाको संक्रमण रहेका छन् । गुजरातमा ११ हजार ७४५ संक्रमति रहेका छन्

प्रतिक्रिया