राष्ट्रियसभामा प्रधानमन्त्रीको जवाफ

admin

काठमाडौं, ६ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे मंगलबार राष्ट्रियसभाको बैठकमा जवाफ दिएका छन् ।

उनले छलफलमा उठेका विषयवस्तुमा सरकारको ध्यान गएको र आउँदो बजेट तर्जुमा र सरकारको कामका सन्दर्भमा प्राप्त सुझावलाई मनन गरिने विश्वास दिलाए ।

लामो सङ्घर्ष र बलिदानपछि देशले स्थिर र दूरदृष्टियुक्त सरकार प्राप्त गरेको उल्लेख गर्दै उनले सरकार कोरोना महामारीसँग सामनासहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षामा दृढताका साथ अघि बढिरहेको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले यसअघि प्रतिनिधिसभाको बैठकमा यस्तै प्रकारको जवाफ दिएका थिए । प्रधानमन्त्री जवाफपछि बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया