रूसी प्रधानमन्त्री मिशुस्तिन कोभिड–१९ को उपचारपछि काममा फिर्ता

राष्ट्रिय समाचार समिति

मस्को, ६ जेठ : रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोभिड–१९ को उपचारपछि मङ्गलबार काममा फर्किनुभएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी गराएको छ ।

उहाँले आफुलाई कोरोनाभाइरसको सङ्क्रमण भएको भन्दै गत अप्रिल ३० मा उपचारका लागि नियमित जिम्मेवारीमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिनुभएको थियो ।

मिशुस्तिन विरामी भएका कारण अनुपस्थित रहँदा उहाँबाट सम्हाल्दै आएको प्रधानमन्त्रीको जिम्मेवारीलाई राष्ट्रपतिको निर्देशनमा उपप्रधानमन्त्री एनड्रे बेलोउसोभले कार्यबहाक प्रधानमन्त्रीका रूपमा सम्हाल्दै आउनुभएको थियो ।

प्रधानमन्त्री निको भएर काममा फकिने जनाएपछि मिशुस्तिनले पुनः प्रधानमन्त्री र बेलोउसोभले उप प्रधानमन्त्रीको हैसियतमा आफ्नो जिम्मेवारी सम्हाल्ने गरी राष्ट्रपति पुटिनले तोक्नुभएको क्रेमलिनले जनाएको छ ।

प्रतिक्रिया