किशोरीमाथि सामूहिक ब’लात्कार: पेटमा दुई महिनाको बच्चा, उल्टै गाउँ निकाला

admin

काठमाडाैं, ७ जेठ : मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली ब’लात्कृत भएपछि न त न्याय पाइन् न त पी’डकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो ।

मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि ५ जनाको समूहले सामूहिक ब’लात्कार गरे । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुई जनाको समूहले ब’लात्कार गरेको आरोप छ । सामूहिक ब’लात्कारपछि पीडितले जिल्ला प्र’हरी कार्यालयमा उजुरी दिए तर ब’लात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्र’हरीले छाडेको पीडितको भनाइ छ ।

‘केटाहरुका आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ पीडित किशोरीकी आमाले भनिन्, ‘अहिले इटहरीमा कोठाभाडा गरेर बस्दै आएको छु, समस्या नै समस्या छ ।’ ब’लात्कृत भनेर हेप्ने गरेको र सामाजिक रुपमा बहिस्कार गरेप्रति स्थानीय अगुवाले आफ्नो पक्षमा केही काम नगरेको उनको गुनासो छ ।

‘सबैले मिल्न दबाब दिए, न्याय त पाउनुपर्यो नि,’ उनले भनिन् । उनका अनुसार किशोरीको पेटमा अहिले दुई महिनाको बच्चा छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया