कालिमाटीमा कार्यरत दुई प्रहरीलाई सङ्क्रमण पुष्टि

admin

काठमाडौं, ७ जेठ : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

एक जना नायब निरीक्षक र एक जवानलाई कोरोना सङ्क्रमण भएको वृत्त प्रमुख रुगम कुँवरले जानकारी दिएका छन् ।

दुवैलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा राखिएको कालिमाटी वृतका प्रमुख रुगम कुँवरले जानकारी दिए । उनीहरु दुवै जना फिल्डमा खटिएका प्रहरी हुन्।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि वृत्त र सँगै रहेको ट्राफिक कार्यालय र महिला सेललाई सिल गरिएको छ ।

 

प्रतिक्रिया