३ वर्षको बच्चासहित आज थप २५ जनामा सङ्क्रमण पुष्टि

admin

काठमाडौं, ७ जेठ : बुधबार थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीन वर्षका बच्चासहित २५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या चार सय २७ पुगेको छ । बुधबार देखिएका सङ्क्रमित तीनदेखि ४८ वर्ष उमेर समूहका छन् । सङ्क्रमितमध्ये सात जना महिला र १८ जना पुरुष छन् ।

कपिलवस्तुका ३ वर्षका बालक पनि सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार बाँकेमा नरैनापुर र खजुराका गरी ६ पुरुष सङ्क्रमित भएका छन् ।

त्यस्तै धनकुटामा पाँच, कपिलवस्तुमा बालबालिका र महिलासहित १३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने नवलपरासी पश्चिममा क्वरेण्टीनमा रहेका एक जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना सङ्क्रमण कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने ४५ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

प्रतिक्रिया