काभ्रेको ३० ओटा एम्बुलेन्समा जिपिएस जडान

admin

काभ्रे : काभ्रे जिल्लामा संञ्चालन भइरहेका एम्बुलेन्स मध्ये ३० ओटामा जिपिएस प्रणाली जडान गरिएको छ । हाल जिल्लामा ३५ ओटा एम्बुलेन्स संञ्चालनमा छन् ।

तिमध्ये ३० ओटामा जिपिएस प्रणाली जडान गरिएको स्वास्थ्यकार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । 

जिल्ला संकट ब्यवस्थापन केन्द्र काभ्रेले स्थानीय तहहरुलाई जीपीएस प्रणाली जडान भएको एम्बुलेन्स मात्रै प्रयोग गर्न आग्रह गरेको छ । यसैबिच, काभ्रेको बनेपामा रहेको सगरमाथा र सुर्य ग्याँस उद्योगका कर्मचारीहरुको कोरोना भाईरसको परीक्षण गरिने भएको छ ।

सबै कार्मचारीको कोरोना परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । 

प्रतिक्रिया