रामपुर, ७ जेठ: कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका रामपुर नगरपालिका १० सिकोडाँडा १० वर्षीय सुनिल भट्टराईको श’व फेला परेको छ ।

स्याङ्गजाको चापाकोट नगरपालिकास्थित ज्याग्दीदोभानदेखि करीब एक सय मिटर तल नदी किनारमा आज दिउँसो साढे एक बजेतिर उनको श’व फेला परेको हो ।
इलाका प्र’हरी कार्यालय रामपुरले बेपत्ता बालकको श’व फेला परेको परिवारलाई खबर गरेपछि आफन्तले सोको पहिचान गरेका हुन् । यही जेठ ४ गते रामपुर –१० स्थित मलौटेघाटमा दिउँसो पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका थिए । उनीसंँगै बेपत्ता भएका १० वर्षीय समीर चापागाईँ भने अझै फेला परेका छैनन् ।