लकडाउनमा बढे आ’त्मह’त्याका घटना

राष्ट्रिय समाचार समिति

गलकोट, ८ जेठ: चौतर्फी कोरोना सन्त्रासबीच बागलुङमा नौ जनाले आ’त्महत्या गरेका छन् । लकडाउन शुरु भएदेखि हालसम्म जिल्ला प्र’हरी कार्यालयमा २१ वटा मुद्दा परेका छन् । आ’त्महत्या, आ’त्महत्या दुरुत्साहन, अभद्र व्यवहारलगायतका घ’टना यो अवधिमा भएका पाइएको छ ।

सबैभन्दा धेरै झु’ण्डिएर आ’त्महत्या गरेको पाइएकोे जिल्ला प्र’हरी कार्यालयका प्र’हरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, जल्लामा करिब दुई महिनाको अवधिमा आठ झुण्डिएर आ’त्महत्या गरेको मुद्दा छन् । यसबाहेक विषादी सेवन गरी आत्महत्या एक र आ’त्महत्या दुरुत्साहनको एक मुद्दा छ ।

लकडाउनकै अवधिमा जिल्लामा चार अभद्र व्यवहारका घ’टनाका मुद्दा परेका छन् । यो समयमा चो’रीको एउटा मात्र घ’टना भएको छ । नागरिक अगुवा अधिकारकर्मी राम शर्माले सामाजिक असुरक्षाका कारणले गर्दा अझै पनि मानिसले आत्महत्याको बाटो अँगाल्ने गरेको बताउनुभयो ।

प्रायजसो आ’त्महत्या गर्ने नागरिक अभाव र कुनै घटनाले गर्दा आ’त्महत्या गर्ने गरेका भन्दै अवैध सम्बन्ध, सम्बन्ध बिच्छेद पनि आ’त्महत्याका मुख्य कारण भएका हुनसक्ने प्र’हरीको बुझाइ छ । यस्ता खालका सामाजिक आपराधिक घटना न्यूनीकरण गर्नका निम्ति जनचेतना अझै पनि आवश्यक रहेको प्र’हरी निरीक्षक केसी बताउनुहुन्छ ।

प्रतिक्रिया