आज थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो

admin

काठमाडौँ, ९ जेठ : शुक्रबार बिहान थप ३० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन्।

चितवनको भरतपुर महानगरपालिका-६ का ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिला कोरोनाको संक्रमण पुष्टि भएको छ। बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म तीन जनाको मृ’त्यु भएको छ। आजै बाँकेका पहिलो कोरोना संक्र्मितसहित २९ जना निको भएका छन्।

प्रतिक्रिया