जमाल खशोग्जीका छोराहरुले बाबुका ह’त्यारालाई माफी दिए

admin

काठमाडौं, ९ जेठ : इजिप्टमा ह’त्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले बाबुका ह’त्याराहरुलाई क्षमादान दिएको बताएका छन् ।

अमेरिकी अखबार वासिङ्टन पोस्टका स्तम्भकार तथा साउदी राजतन्त्रका आलोचक समेत रहेका खशोग्जीका छोराहरुले ट्वीट गरी बाबुका ह’त्यारालाई माफी दिएको बताएका हुन् ।

ट्वीटमा भनिएको छ, “जमाल खशोग्जीका हामी छोराहरु हाम्रा बाबुको हत्यामा संलग्नहरुलाई माफी र क्षमादान दिएको घोषणा गर्दछौं ।” साउदी अरेबियामा बस्दै आएका जमालका छोरा सलाहको घोषणाको कानुनी वैधानिकता के हुने भन्नेमा स्पष्ट भइसकेको छैन ।

पत्रकार खशोग्जीको टर्कीको स्तानबुलस्थित साउदी कन्सुलेटमा अक्टोबर २, २०१८ मा वि’भत्स ह’त्या गरिएको थियो । टर्की सरकारको भनाईमा साउदी अरेबियाका राजकुमार सल्मानद्वारा पठाइएका १५ जना गु’प्तचरले जमाल खशोग्जीको ह’त्या गरेका थिए । ह’त्या पश्चात जमालको शरीर टु’क्रा’टु’क्रा पारेर फालिएको थियो ।

साउदीमा उक्त ह’त्याका’ण्डमा संलग्न ११ जनालाई दो’षी देखाइएको थियो जसमध्ये ५ जनालाई मृ’त्युद’ण्डको सिफारिस गरिएको छ । तीन जनालाई आजीवन कारावासको सजाय सुनाउनुका साथै अरुलाई छाडिएको छ ।

खशोग्जीका छोरा सलाहले यसअघि साउदी अरेबियाको कानुनी प्रणालीप्रति आफू पूर्ण विश्वस्त रहेको बताएका थिए । तर कतिपयले सलाहले बाबुको ह’त्यामा संलग्नलाई माफी दिन साउदी राजासँग मोलतोल गरिरहेको आरोप लगाएका थिए ।

वासिङ्टन पोस्टले गत अप्रिलमा एउटा समाचार प्रकाशित गरी खशोग्जीका सलाह समेतका छोराछोरीले साउदी सरकारबाट करोडौं डलर मूल्यका सम्पत्ति प्राप्त गरेको र मासिक हजारौं डलर बुझिरहेको जनाएको थियो ।

तर सलाहले उक्त अखबारको समाचार खण्डन गरेका थिए । उनले साउदी सरकारसँग आर्थिक लेनदेनका विषयमा छलफल नभएको भन्दै प्रतिवाद गरेका थिए ।

प्रतिक्रिया