पाँच सय सात पुग्यो, नेपालमा कोरोना सङ्क्रमितको संख्या

admin

काठमाडौं, ९ जेठ : नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या पाँच सय सात पुगेको छ । अहिलेसम्म पाँच सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार डडेलधुरा र बैतडीमा पहिलो पटक कोरोना सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेका १४ जना, कैलालीका तीन जना तथा मोरङ, डढेलधुरा र बैतडीका एकरएक जना गरी थप २० जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि शुक्रबार बिहान ३० जनामा कोरोना पुष्टि भएकोमा दिउँसो फेरि २० जना थपिएको उनले जानकारी दिए ।

प्रतिक्रिया