काभ्रे कोरोनाको उच्च जोखिममा

admin

काभ्रे: काभ्रेमा अहिले आरडिटी विधि मार्फत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारको कोरोना परीक्षण भइरहेको छ । विभिन्न नगरपालिकाहरुमा सरसफाई गर्ने कर्मचारीको पनि परीक्षण गरिएको छ । आरडिटी परीक्षण दायरा बढेसँगै कारोना भाइरस पोजेटिको संख्या पनि ह्वात्तै बढेको छ । 

काभ्रे जिल्लामा लकडाउन पालना गर्ने मामिलामा समेत निकै हेलचेक््रयाइँ भएको जिल्ला कमाण्ड पोष्टले निष्कर्ष निकालेको छ । दुईवटा राष्ट्रिय राजमार्ग भएकाले पनि काभ्रे जिल्ला थप जोखिममा रहेको हो । यी राजमार्ग भएर लकडाउनमा पनि मानिसको आवतजावत रोकिएको छैन । 

अहिले राजधानीमा भेटिएका प्रायः जसो संक्रमित मध्ये अधिकांश काभ्रे हुदैँ काठमाण्डौ प्रवेश गरेको पाइएको छ । सुरक्षाकर्मीले जत्तिकै कडाइ गरेपनि राजमार्ग आसपास होटल र पसल खोलेर सेवा दिइरहेका छन् । त्यस कारण काभ्रे जिल्लाका नागरिक जति सुरक्षित भएपनि राजमार्ग प्रयोग गर्नेहरुले होटल र पसलमा किनमेल गरेका कारण जिल्ला असुरक्षित बनेको हो । 

प्रतिक्रिया