नौतनवा क्वारेन्टिनमा नेपालीको मृ’त्यु

राष्ट्रिय समाचार समिति

रुपन्देही, १० जेठ : भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृ’त्यु भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका –२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव गान्धी कलेजको क्वारेन्टिनमा आज बिहान मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

फाइल फोटो

यही जेठ ५ गतेदेखि क्वारेन्टिनमा रहनुभएका थापालाई हर्नियाको समस्या रहेको तथा शरीरका विभिन्न भाग सुन्निएकाले शुक्रबार जिल्ला सदरमुकाम महाराजगञ्ज अस्पतालमा उपचारपछि पुनः क्वारेन्टिनमा ल्याइएको नेपाल भारत सीमा स्थित बेलहिया प्रहरी कार्यालयका प्रमुख प्र’हरी निरीक्षक ईश्वरी अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार थापा अलिगढबाट आफ्ना भिनाजुसँगै पैदल हिँडेर स्वदेश फर्किनेक्रममा सीमासम्म आइपुग्नुभएको थियो । शव परीक्षणका लागि महाराजगञ्ज अस्पतालमा राखिएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया