काभ्रेका एक वडाध्यक्ष माथि आ’क्रमण

admin

धुलिखेल, १० जेठः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ का भरत बहादुर शिवभक्ति माथि आ’क्रमण भएको छ । वडाध्यक्ष शिवभक्ति माथि चौरीदेउराली गाउँपालिका वडा नम्बर ८ बिर्तादेउरालीका युवाहरुले आ’क्रमण गरेका हुन् ।

स्थानीय खहरे खोलामा ब्याट्री प्रयोग गरेर माछा मार्न लागेका युवाहरुले अध्यक्ष माथि आ’क्रमण गरेका हुन् । युवाहरुको आ’क्रमणबाट वडाध्यक्ष शिवभक्तिको बायाँ पातामा चो’ट लागेको प्र’हरीले जनाएको छ ।

खोलामा ब्याट्री प्रयोग गरेर माछा नमार्न आग्रह गर्दा आफु माथि युवाहरुले आ’क्रमण गरेको वडाध्यक्ष शिवभक्तिले बताए । वडाध्यक्षलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइदैँ छ । प्र’हरीले आक्रमण संकलन १० जनालाई नियन्त्रणमा लिएको छ ।

प’क्राउ पर्नेमा चौरीदेउराली वडा नम्बर ८ बिर्ताका २२ बर्षीय सिताराम माझी, २० बर्षीय निरज माझी, २० बर्षीय रविन माझी, १८ बर्षीय सागर माझी, २२ बर्षीय जीवन माझी, १९ बर्षीय प्रविन माझी लगायतका रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्र’हरी कार्यालय धुलिखेल ल्याइदैँछ ।

प्रतिक्रिया