कुटपिटबाट घाइते एक व्यक्तिको मृ’त्यु

राष्ट्रिय समाचार समिति

राजविराज, ११ जेठ: सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हँुदा घा’इते भएका एक व्यक्तिको मृ’त्यु भएको छ । गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृ’त्यु भएको प्र’हरी उपरीक्षक कृष्ण प्रसाईँले बताउनुभयो ।

फाइल फोटो

जग्गाको विषयमा छिमेकीसँग गत वैशाख १३ गते विवाद भएको थियो । सो विवादका क्रममा कुटपिट हँुदा उनको टाउको र खुट्टामा गम्भीर चो’ट लागेपछि उनलाई गजेन्द्रनारायाण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएको थियो ।

वैशाख २७ गते अस्पतालले उनलाई डिस्चार्ज गरेपछि घरमै औषधि खाएर उपचार गराइरहेको अवस्थामा यादवको मृ’त्यु भएको प्र’हरीले जनाएको छ । उनको श’वलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै कुटपिटमा संलग्न रहेकाको खोजीकार्य भइरहेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया