संक्रमित महिलाको शव जलाएपछि बन्द विद्युतीय शवदाह यन्त्र सञ्चालन हुँदै

admin

काठमाडौँ, ११ जेठ : बन्द रहेको पशुपति ताम्रगङ्गास्थित विद्युतीय शवदाह यन्त्र आइतबारदेखि पुनः सञ्चालन हुँदैछ । श’वदाह गृहको निर्मलीकरण पूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो ।

कोरोना भाइरस सङ्क्रमित (कोभिड–१९) सिन्धुपाल्चोककी एक सुत्केरी महिलालाई जेठ ३ गते साँझ यन्त्रबाट द’हन गरिएपछि यसलाई बन्द गरिएको थियो । श’वदाह गृहसमेत हेर्ने पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले भने, “निर्मलीकरण प्रक्रिया पूरा भएको छ । आइतबारदेखि यन्त्र चालू हुन्छ । ’’

विगतमा चौबीसै घण्टा चालू गरिँदै आएको यन्त्र अब भने बिहान ८ देखि साँझ ७ बजेसम्म आएका श’वलाई दाह गर्ने गरी चलाउन लागिएको जानकारी उनले दिए । सुत्केरी महिलाको श’वदाह गर्दा संलग्न नौ जना कर्मचारीलाई गृह परिसरमा क्वारेन्टाइनमा राखिएको थियो ।

अब तिनलाई नजिकैको किरियापुत्री घरको एक खण्डमा स्थानान्तरण गरिएपछि श’वदाह सञ्चालनमा आउन लागेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया