चितवन, ११ जेठ :भरतपुर–१ देवघाटमा आज साँझ चलेको हावाहुरीले एकजनाको मृ’त्यु भएको छ भने चारजना घा’इते भएका छन् ।
जिल्ला प्र’हरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृ’त्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा हुनुहुन्छ ।
उहाँको उपचारका क्रममा साँझ ७ः१७ बजे चितवन मेडिकल कलेजमा मृ’त्यु भएको हो । घा’इते चारजनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरु खतरामुक्त रहेका छन् । घटना साँझ ५ः४५ मा भएको थियो ।