‘रेडजोन’मा खटिने प्र’हरीसँग न मास्क छ न स्यानिटाइजर !

admin

नेपालगन्ज, जेठ १२ : देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्र’हरीमै संक्रमण देखिएको छ। एक जना प्र’हरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला प्र’हरी कार्यालय बाँकेका प्रमुख प्र’हरी उपरीक्षक वीरबहादुर ओलीकाअनुसार नरैनापुर गाउँपालिकाको कालाफाँटा प्र’हरी चौकीमा कार्यरत एक जना प्र’हरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरूको भीड नियन्त्रण गर्न प्र’हरी खटेका छन्। यसरी खटेका नेपाल प्र’हरीसँग राम्रो मास्क नै छैन। डब्लुएचओकाअनुसार कोरोेनाबाट जोगिन एनके ९५ माक्स लगाउनुपर्छ तर कोरोनाको अति जोखिमपूर्ण क्षेत्र नरैनापुरमा कार्यरत कुनै पनि प्र’हरीसँग त्यस्तो मास्क छैन।

न त उनीहरूसँग स्यानिटाइजर नै छ। प्र’हरी प्रमुख ओली नै प्र’हरीहरूले कपडाको माक्स मात्र लगाइरहेको स्वीकार्छन्।

‘ड्यूटीमा खटेका प्र’हरी कपडाको मास्क लगाएका हुन्छन्। संक्रमित नै झम्टिन आउँछन्। जोगिएर बस्नुपरेको छ,’ ओली भन्छन्, ‘फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मी जोखिम नै जोखिममा काम गरिरहेका छन्।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शंकरप्रसाद खनालले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू