हात्तीको आ’क्रमणबाट युवकको मृ’त्यु

राष्ट्रिय समाचार समिति

भद्रपुर, १३ जेठ: दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आ’क्रमणमा सोमबार मृ’त्यु भएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घ’टनास्थलमै मृ’त्यु भएको हो ।

मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवकलाई झम्टेको थियो । हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको श’व दशगजाको मकैबारीमा भेटिएको छ ।

ख’बर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्र’हरी कार्यालय झापाले जनाएको छ । गत साता कचनकबलमा जङ्गलमा निगुरो टिप्न जाँदा हात्तीको आ’क्रमणमा परी एक वृद्धको मृ’त्यु भएको थियो ।

प्रतिक्रिया