कपिलवस्तुमा आ’गलागी, ज’ले नौ घर

राष्ट्रिय समाचार समिति

चन्द्रौटा, १३ जेठ : कपिलवस्तुको विजयनगर गाउँपालिका – ७ मानपुरमा आ’गलागी हुँदा नौ घर र दुई गोठ ज’लेर न’ष्ट भएका छन् । स्थानीयवासी रमेश यादवको फुसले छाएको गोठबाट शुरु भएको आ’गोबाट घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री ज’लेर नष्ट भएको इलाका प्र’हरी कार्यालय गणेशपुरका प्र’हरी निरीक्षक मधु नेपालले बताउनुभयो ।

आ’गलागीबाट रु २० लाख बराबरको क्षति भएको छ । घ’टनाको कारण अझै खुल्न नसकेको प्र’हरीले जनाएको छ । आ’गोबाट मानवीय तथा चौपायाको क्षति भएको छैन । कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्र’हरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको हो ।

गर्मीयाम शुरु भएसँगै यहाँ आ’गलागीका घटना बढेका छन् । गत चैतमा पनि विजयनगरको गुगौलीमा आगलागी हुँदा ४९ घरगोठ ज’लेर नष्ट भएका थिए ।

प्रतिक्रिया