पोखरा, १५ जेठ : गण्डकी प्रदेशमा आज एक जना करेन्ट लागेर मृ’त्यु भएको छ भने अर्को एक जनाको पानीमा तैरीएको अवस्थामा श’व भेटिएको छ । पोखरा महानगरपालिका वडा नं १३ दुईकुलाको मुहानमा आज एक जनाको श’व फेला परेको हो ।
प्रदेश प्र’हरी कार्यालयका अनुसार बेवारिसे अवस्थामा भेटिएका करिब ४५ वर्षका पुरुषको श’व पानीमा तैरिएको अवस्थामा आज बिहान फेला परेको हो ।
त्यसैगरी आजै तनहुँमा एक जनाको करेन्ट लागेर मृ’त्यु भएको छ । कपडा सुकाउने क्रममा बिजुलीको नाङ्गो तारमा छुन जाँदा बन्दीपुर गाउँपालिका वडा नं २ गोलडाँडाका ६५ वर्षीय गणेशबहादुर आलेको मृ’त्यु भएको हो ।
करेन्ट लागेर घा’इते भएका उनको बन्दीपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्र’हरीले जनाएको छ । घ’टनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।