धुलिखेल, १५ जेठः रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको अन्र्तर जातीय विभेदको घटनालाई लिएर काभ्रेमा पनि विरोध भएको छ । आज विभिन्न राजनीतिक दलसँग आबद्ध दलित संघसंगठनले विरोध गरेका हुन् ।
धुलिखेलको सरस्वती बजारमा भेला भएका उनीहरुले जातिय छुवाछुत अन्त्यका गर्न लेखिएका प्लेकार्ड र र्याली सहित जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र समेत बुझाएका छन् । प्रमूख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनालाई भेटेर नेपाल उत्पीडित जातिय मुक्ति समाज, नेपाल दलित संघ, दलित मुक्तिमोर्चा र नेपाल दलित मुक्ति मोर्चा काभ्रेले घटना सत्य तथ्य छानविनको माग गर्दै प्रशासन मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको हो ।
रुकुम घटनाले समाजमा जातिय विवेदको अवस्था अझै विकराल रहेको भन्दै दलित संघसंगठनहरुले घटनाका दोषिलाई हदैँसम्मको कानुनी कारबाही गर्न माग गरेका छन् । उनीहरुले ज्ञापन पत्रमा यस्ता घटना दोहोरिन नदिन संसदीय छानविन समिति गठन गर्न माग गरेका छन् ।
घटनालाई जातीय नरसंहारको संज्ञा दिदैँ उनीहरुले राज्यमा सबै जात जातिको अधिकार सम्मान छ भन्ने कुरा ब्यवहारिक रुपमै पुष्टि गर्न सरकारलाई आग्रह गरेका छन् । विरोध र्याली दलित समुदायका बाहेक विभिन्न राजनीतिक दलका विद्यार्थी र युवा नेता कार्यकर्ता समेत सहभागि भएका थिए ।