आज थप १७० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

admin

काठमाडौं, १६ जेठ : शुक्रबार १७० जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए ।

डा. देवकोटाका अनुसार झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, दाङ २ कपिलवस्तु ९ का रहेका छन् ।

बिहीबारसम्म १०४२ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ । उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया