क्वारेन्टिन विवादमा दुई जना घा’इते, प्र’हरीले कुटपिट गरेको आरोप

राष्ट्रिय समाचार समिति

स्वर्गद्वारी, १६ जेठ : प्युठानमा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्र’हरीले दुई युवकलाई कुटपिट गरेको आरोप लगाइएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाँडा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद भएपछि दुई युवकको प्र’हरीको निर्घात कुटाइबाट हात भाँचिएको पीडितले बताएका छन् ।

घटनामा स्थानीयवासी ३० वर्षीय झविलाल खत्रीको दायाँ हात भाँचिएको छ भने २० वर्षीय फनबहादुर खत्री गम्भीर घाइते हुनुभएको छ । उहाँको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

जनकल्याण आधारभूत क्वारेन्टिनमा रहेकालाई खाना खुवाउने जिम्मा स्थानीयवासी खत्रीले लिएको र भात खुवाउँदा सबैलाई नपुगेपछि पुनः पकाउने भन्ने विषयमा मल्लरानी गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रबहादुर सार्कीसँग सामान्य विवाद भएको खत्रीले बताउनुभयो ।

सामान्य विवादको विषयलाई लिएर प्रहरी बोलाइएको र आफूहरुको कुरा नसुनी निर्घात कुटपिट गरिएको घा’इते खत्री बताउनुहुन्छ । बुधबार बेलुका भएको घ’टनापछि घा’इते आज मात्रै अस्पताल पुगेका छन् ।

वडाध्यक्ष गिरिराज पौडेलले म’दिरा सेवन गरी विवाद गरेकाले प्र’हरीलाई आफूहरुले बोलाएको तर क्वारेन्टिनमा कुनै कुटपिट नभएको जिकिर गर्नुभयो ।

प्र’हरीचौकी चुजाँठाटीका इञ्चार्ज प्र’हरी सहायक निरीक्षक भीमबहादुर वलीले आफूले सम्झाइबुझाइ मात्र गरेको र हात भाँचिएको विषय थाहा नभएको बताउनुभयो ।

प्रतिक्रिया