काठमाडौँ, १६ जेठ: काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा दुर्घटना हुँदा दुईजनाको मृ’त्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ बिजी मल अगाडि बिहीबार राति बा २ क ५४८४ नम्बरको मिनिट्रक र ना ६५ प २८०१ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुई व्यक्तिको मृ’त्यु भएको हो ।
महानगरीय प्र’हरी वृत्त महाराजगञ्जका प्रमुख, प्र’हरी नायब उपरीक्षक उमेश लम्सालले स्कुटर चालक बझाङका २२ वर्षीय लोकेन्द्र विष्ट र स्कुटरमा सवार धनबहादुर बुढाको मृ’त्यु भएको जानकारी दिनुभयो ।
घा’इते विष्टको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज र ‘घाइते बुढाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा नि’धन भएको प्रह’रीले जनाएको छ । दु’र्घटनासँग सम्बन्धित मिनिट्रक र चालकलाई प्र’हरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।