एमसीसीको विरोध गर्दा प्र’हरी दमन,साजन विश्वकर्मासहित दर्जनौं प’क्राउ {भिडियो}

admin

काठमाण्डौ, १९ जेठ : एमसिसिको विरोध गर्दै माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्र’हरीले निर्ममतापूर्वक लाठी चार्ज गर्दा दर्जनौं व्यक्ति घा’इते भएका छन् ।

प्र’हरीको आक्रमणमा परि स्वतन्त्र राष्ट्रिय विद्यार्थी अभियानका विभागीय इञ्चार्ज तथा दैलेख संयोजक के के थापा र परिवर्तनका लागि हाम्रो अभियानका अध्यक्ष साजन विक सहित दर्जनौं व्यक्ति घा’ईते भएका छन् ।

प्रहरीले के के थापा र साजन विश्वकर्मालाई गम्भीर ढंगले कुटपिट भएको थियो । प्रहरीले थापालाई ५०० मिटर टाढासम्म लखेटेर १० वटा लठ्ठी भँचिने गरी कुटेर बेहोस बनाइ छोडिदिएको थियो ।

बेहोस बनाई छोडिदिएको ठाउँमा सञ्चारकर्मी पुगेर समाचार संकलन गर्न थालेपछि प्रहरीले आफ्नै भ्यानमा हालेर अस्पताल लगेको थियो ।

साजन विक माथि समेत २० जना प्रहरीले एकसाथ लाठी बर्षाएका थिए । घा’इते हुनेहरुमा दुर्गा बराइली, टेक बहादुर वि क , विष्णु वि क राजकुमार माली समेत रहेका छन् ।

हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया