बाँके दु’र्घटनाः मृ’तक र घा’इतेको पिसिआर नेगेटिभ

राष्ट्रिय समाचार समिति

बाँके, १९ जेठ :बाँकेमा गएराती भएको सवारी दु’र्घटनामा परेर मृ’त्यु तथा घा’इते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दु’र्घटनामा परेकाहरु भारतबाट आएकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै पिसिआर परिक्षण गरिएको थियो ।

दु’र्घटनामा मृ’त्यु भएका तथा घा’इते भएकाहरुमा कोरोना भाइरस भए÷नभएको पुष्टि गर्न बिहान स्वाब सङ्कलन गरेर परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँले मृ’तक तथा घा’इते सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । परिक्षण रिपोर्ट नेगेटिभ आएपछि मृ’तकलाई आफन्तको जिम्मा लगाइने भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताउनुभयो ।

दृ’र्घटनामा परेर बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको मृत्यु भएको छ भने एकजनाको सनाखत हुन बाँकी छ । त्यस्तै २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । घा’इतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

गएराती नेपालगन्जको सीमा नाका जमुनाहबाट सल्यान जाँदै गरेको ना५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका–१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जङ्गलमा रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृ’त्यु भएको थियो भने २१ जना घा’इते भएका थिए ।

प्रतिक्रिया