काठमाडौं, २१ जेठ : चौतर्फी विरोधपछि सरकारले कर तिर्ने म्याद थपेको छ । आन्तरिक राजश्व विभागले जेठ २५ गतेको म्याद असार ७ गतेसम्म थपेको छ ।
तर, आयकरको दोस्रो किस्ताको रकम भने असार १५ गतेसम्म तिरे हुनेछ । विभागका अनुसार मूल्य अभिवृद्धि कर भ्याट, अन्तः शुल्क र बाँकी आय कर असार ७ सम्म तिरिसक्नुपर्नेछ ।