चन्द्रौटा, २४ जेठ :कपिलवस्तु कारागारका एक कैदीको आज मृ’त्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका यशोधरा गाउँपालिका– ७ इटवाका ५३ वर्षीय रामअधिन कहारको मृ’त्यु भएको कारागारले जनाएको छ ।
बिहान १०ः०० बजे खाना खाएर सुतेपछि अचेत बनेका कहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकामा अस्पतालका चिकित्सकले कहारलाई मृ’त घोषणा गरेको जेलर राकेशकुमार पाण्डेयले बताउनुभयो । गत वर्ष साउन २ गतेदेखि सजाय काटेका उनको मृ’त्युबारे खुल्न सकेको छैन ।