बेलायतमा कोभिड–१९ सङ्क्रमित ४० हजार ४६५ को मृ’त्यु

राष्ट्रिय समाचार समिति

लण्डन, २४ जेठ: बेलायतमा शुक्रबारसम्ममा ४० हजार ४६५ कोभिड–१९ सङ्क्रमितको मृ’त्यु भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

विगत २४ घण्टामा थप २०४ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृ’त्यु भएको बेलायतले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कमा कोभिड–१९ का अस्पताल, हेरचाह केन्द्र तथा समुदायमा कोरोना भाइरसको सङ्क्रमणका कारण सङ्क्रमित तथा मृ’त्यु भएका सबै व्यक्तिको रेकर्ड रहेको छ ।

प्रतिक्रिया