सुनचाँदीको मूल्य सार्वजनिक : सुन तोलाको ८७ हजार ४ सय रुपैयाँ

admin

काठमाडौं, २५ जेठ : सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ ।

चैत १० गतेदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो । चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो ।

(आज) आइतबार सार्वजनिक भएको मूल्यअनुसार तोलामा १० हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला ८७ हजार ४ सय पुगेको छ ।

 यस्तै चाँदीको मूल्य पनि ९ सय २५ रुपैयाँ प्रतितोला तोकिएको छ । चाँदी पनि २ सय ५ रुपैयाँ प्रतितोला महङ्गो भएको छ । जेठ १५ मा सार्वजनिक भएको बजेट अनुसार १० ग्राम सुनमा दुई हजार रुपैयाँ रुपैयाँ भन्सार बढेको छ ।

प्रतिक्रिया